दिनेश गुणवर्धने श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौं। दिनेश गुणवर्धने श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रानिल विक्रमसिंघेले उनलाई शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन्। रानिल दुई दिनअघि भएको राष्ट्रपति निर्वाचनमा विजयी भएपछि गुणवर्धनेलाई प्रधानमन्त्री बनाइएको हो। यसअघि रानिल प्रधानमन्त्री थिए। 

७३ वर्षीय गुणवर्धनेलाई गत अप्रिलमा पूर्व राष्ट्रपति गोटबाया राजपक्षेंले गृहमन्त्री बनाएका थिए। उनीसँग विदेश मन्त्रालय र शिक्षा मन्त्रालयको कार्यभार पनि हुनेछ। गुणवर्धने राष्ट्रपति रानिलका सहपाठी पनि हुन्। यी दुईसँग अब श्रीलंकालाई आर्थिक दूषचर्कबाट बाहिर निकाल्ने कार्यभार हुनेछ। 
गुणवर्धनेको जन्म १९४९ मा भएको हो। उनले न्युजिल्याण्डबाट उच्च शिक्षा ग्रहण गरेका छन्। उनी १९८३ मा कोलम्बो महाराणा क्षेत्रबाट चुनाव जितेर पहिलो पल्ट संसद बनेका थिए। सन् १९९४ मा उनी प्रमुख विपक्षी नेता थिए। 

प्रतिक्रिया