उद्योगी तथा बैंकर्स पवन गोल्यान मुस्ताङको सिमीको दाल क्यानडामा बस्ने नेपालीको भान्सामा पुर्याईरहेका छन्। नेपाली उत्पादनको प्रवध्र्दन र निर्यातमा जोड दिईरहेका उनी सरकारले सामान्य नीतिगत काम पनि नगरी दिँदा देशले खर्बौंको व्यापार गर्न नपाएको तीतो यथार्थ सुनाउँछन्।

एनएमबी बैंकका संस्थापक पवन गोल्यान यतिबेला नेपाल बैंक तथा वित्तिय संस्था परिसंघको नेतृत्व गरिरहेका छन्। उनी क्वारेन्टाईन विभागले सय डेढसय नेपाली वस्तुको सूचि चीनमा पठाईदिने हो भने वर्षेनी एक खर्बको निर्यात गर्न सकिने सम्भावना औंल्याउँछन्।

तर सरकारका सम्बन्धित निकायले क्वारेन्टाईन परीक्षण, भन्सार निरीक्षण देखि अन्य व्यवसायिक कार्यमा सहजकर्ताको भूमिका निर्वाह गर्नुको सट्टा सकेसम्म झमेला खडा गर्ने गरेको उद्योगपति गोल्यानको अनुभव छ। प्रशासनिक झमेला धेरै भएकाले पनि निर्यातमूलक व्यापारले चाहेजति फस्टाउन नपाएको गोल्यानको भनाई छ।

पैसा आउने नाका बन्द गर्ने अनि पैसा चाहियो भनेर रुने ?

'ब्रोकरलाई नै डिलरको काम जिम्मा दिनुपर्छ' : डा. चिरञ्जिवी नेपाल, पूर्व गभर्नर

'शेयरबजार जुवाको खेल होइन, सरकारले यसको मर्म नै बुझेको छैन'

'सरकारको उदासिनता अचम्मको छ'

प्रतिक्रिया