आज आइतबार: यस्तो छ तपाईंको ग्रहगोचर

मेषः नयाँ कार्य प्राप्तिको योग रहेको छ। काम देखाएर अरूको मन जित्न सकिन्छ ।काम गर्ने उत्साह रहौसला मिल्नेछ  शैक्षिक क्षेत्र राम्रो छ।

वृषः आज बुद्धि र विवेक प्रयोग गर्नसके उत्कृष्ट समय छ। वित्तीय क्षेत्र बाट सहयोग मिल्नेछ साथीहरूबाट सल्लाह र हौसला मिल्नेछ।

मिथुनः लामो समय देखि रोकिएका कामहरू सहजता पूर्वक अगाडि बढ्नेछन्। आम्दानी बढाउने काममा हात लाग्नेछ। सफल यात्राको योग रहेको छ।

कर्कटः अधिकार प्राप्तिका लागि निकै संघर्ष  गर्नु पर्नेछ। झन्झटिलो काममा सम्लग्न हुनु पर्नेछ। स्वास्थ र सौन्दर्यमा खर्च हुनेछ।

सिंहः नयाँ ज्ञान सिक्नुका साथै नयाँ कामका योजनाहरू बन्नेछन्,  जीवन साथीको सल्लाहमा गरेका कामले विशेष सफलता पाउने समय रहेको छ।

कन्याः आफन्त र साथीहरूबाट सहयोग मिल्नेछ। उत्ताउलो पनाले काम बिग्रिन सक्छ। यात्राको योग रहेता पनि सतर्कता अपनाउनु पर्ने छ।

तुलाः आफ्नै दक्षतामा काम बन्नेछन् दाम्पत्य जीवनमा मधुरता आउनेछ। वित्तीय संस्थाबाट सहयो प्राप्त हुनेछ। तर नजिकका साथीले थाह नपाउने किसिमको धोका दिनेछ।

वृश्चिकः लगनशीलता को कमीले ठूलो उपलब्धि हातपार्न नसकिएला। यात्रा  गर्दा सचेत रहनु  पर्नेछ। चोटपटकको सामना बेहोर्नु पर्न सक्छ।

धनुः एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ। साथीभाइ इष्ट मित्रहरूले साथ र सपोर्ट गर्नेछन्। नयाँ वस्त्रअलङ्कार उपहारको रूपमा प्राप्त हुनेछ।

मकरः साथीभाई सँगको भेटघाटले मन प्रफुल्ल रहला छोटो दुरीको यात्रा रहन सक्छ। परोपकार सामाजिक क्षेत्रमा मन लाग्नेछ। रोजगारको माध्यम पनि सबल रहला।

कुम्भः आदर्श व्यक्तिसँगका सहकार्यले नयाँ कार्यको अनुभव मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धार्मिक तथा सामाजिक कार्यमा सरिक भईएला।

मीनः इच्छा र आकांक्षा पूरा हुनेछन्। चिताएको कामले तिब्रता पाउनेछ। पारिवारिक सद्भाव  बढ्नेछ तर शेयर बजारमा भने नोक्सानी हुन सक्छ।

                                      राशिफलले जे भने पनि यहाँको दिन शभ रहोस्, हरि ॐ।

प्रतिक्रिया