काठमाडौंमा भूकम्पको झट्का बढ्न सक्ने

असार १३ गते बिहान ५ बजेर ३९ बजे पछिको समयमा अश्विनी नक्षत्र र मेषरासीमा प्रवेश गर्ने मंगलको अवस्था अंगारक योगबाट गुज्रिएको छ। यद्यपि मेषरासी मंगलको स्वरासी अर्थात् कर्मथलो अफिस हो। यो मेलिफिसियन्ट हुँदाहुँदै पनि मायावी ग्रह राहू त्यो पनि भरणी नक्षत्र जो अग्नीकारक नक्षत्र हो र स्वयं मंगल अग्नी र रासी मेष पनि अग्नी हो। खास गरेर राहू यस नक्षत्रमा अति पापी, क्रुर अनि अभिचारी माया निर्माण गर्छ। तसर्थ ४२ दिनको समय विश्वमा युद्ध, अराजकता, धार्मिक हंङ्गामा वा हिंसा, जातीय युद्ध भड्कने संभावना रहन्छ। शुभ ग्रह गुरू पाप कर्तरीमा परेका छन्। तसर्थ संसारमा पापीहरूको बोलाबाला बढे पनि उनको बिनाश पनि सँगसँगै देखिन्छ।

आगलागी, गर्मीको प्रकोप, ज्वालामुखी बिस्फोटन पूर्वी तथा आग्नेयकोणका देशहरूमा देखाँउछ। नेपालको पनि राजधानी काठमाडांैबाट पूर्वी र आग्नेयकोणका ठाउँहरूमा आगलागीजन्य घटना एवं भू–स्खलन बढी देखिन्छ।

नेपालका शत्रु राष्ट्र यदि कोही भए षृष्ठभावमा बनेको अंगारक योगले तहसनहस बनाउने हुँदा नेपाललाई चीन र भारत दुबैबाट कुनै खतरा छैन। पश्चिमी देश अमेरिका लगायत मुस्लिम देशबाट खतरा भए पनि गर्न केही सक्ने छैनन्। गरि हाल्ने नियतसम्म राखेमा त्यस्ता देशहरू आफैं सकिनेमा ज्योतिषको संहिता प्रष्ट पारिरहेको छ। आन्तरिक शत्रु भन्नाले जासुसहरू पनि देशका बिरुद्ध लाग्नेहरू हवाई दुर्घटना, कार, बस, रेल दुर्घटनामा सफाया हुनेछन्।

जासुसी पत्रकार र जासुसी नेताहरू दुर्घटनामा परेको समाचार जनताले सुन्न पाउँनेछन्। यस्तो रुपैयाँ खानेको घरभित्र बिल्लिबाठै हुनेछ। गोप्य रुपमा गरेको भ्रष्टाचार बाहिर निकाल्न राहु, केतु शनि लाग्नेछन्। कतै धेरै बर्षाद हुनेछ र बाढी  पहिरो जानेछ भने कतै खास गरी पश्चिमी तराईतिर फेरि धान रोप्न पनि समस्या नहोला भन्न सकिन्न। काठमाडौंतिर थोर बहुत भूकम्पीय झट्काहरूको महशुस पनि हुनसक्ने संभावना देखिन्छ। क्षतिभने हुने छैन। यद्यपि बाढीबाट भने क्षतिको संभावना देखिन्छ किनकि सूर्य आरद्रा र चन्द्र रोहिणी नक्षत्रमा रहेका छन्। यो छत्रभंग योग पनि हो।

नेपालमा धार्मिक युद्ध हुन सक्छ। आन्तरिक पापका पैसा परास्त हुने भएकोले सामान्य र न्यायप्रेमी जनताले डराउन पर्दैन। खास गरेर शनिको २० गते आषाढसम्मको अवस्थाले पश्चिमाहरूको गिद्धे नजर पर्ने अवस्था छ। उप्रान्त शनि कुम्भबाट मकरमा डिमोसन भएको अवस्थाले पश्चिमीहरू नेपालबाट पलायन हुने अवस्था देखिन्छ। उनीहरूको रुपैयाँ खाने नेता, पत्रकार, एनजीओवाला, मानव अधिकारबादी पनि पलायन हुने अवस्था छ।

असार २० गते पछि गुरू उत्तराभाद्रामा शनिको नक्षत्रमा, राहुको उपनक्षत्रमा रहनु र उत्तरभाद्राको बास पर्वतमा हुनाले आँधीहुरीको प्रकोप सामान्य देखिए पनि न्यायाधीश शनिको तृतीय दृष्टि गुरू धर्म कारकग्रहलाई परेकाले अन्यायीहरू माथि दण्डको अवस्था सिर्जना हुँदै जानेछ। कुनै डिक्टेटर शासकको अभ्यूदयलाई पनि ग्रहहरूको अवस्थाले देखाएको छैन भन्ने ठाउँ छैन। जसलाई अन्याय परेको छ उसले न्याय पाउने योग शनि र गुरूले देखाएको अवस्था रहेकाले यहाँनिर कतै राजालाई अन्याय  त भएको थिएन भन्नेमा प्रश्न पनि ग्रहहरूको गोचरीय अवस्थाले देखाएको छ।

सेनामा अलि खलबल वा बिद्रोहको अवस्था नआउला भन्न सकिन्न जो अंगारक योगले प्रष्ट पारेको छ।

कालो बस्तु फलाम, धातु सबै सुन लगायतको भाऊ बढ्नेछ। सेयरको अवस्थामा सुधार आउनेछ। कम्युटर, आइटि सेवाको भाऊ सामान्य रहनेछ। खाद्यान्न अभाव र मूल्य बढ्ने अवस्थाका कारण अनिकाल सिर्जना हुन सक्छ। चोरी  डकैती बढ्ने संभावना अर्थात् गरीबले एलिटहरूको घर, फुटाएर लुट्ने संभावना बढ्नेछ। जनतामा यति धेरै आक्रोश बढ्छ कि एलिटहरूको घरमा आगजनी बाटोमा पिटिदिने अवस्थाहरू नदेखिएला भन्न सकिन्न।

समग्रमा राष्ट्रियभाव, देशभक्ति भाव जनतामा बढ्ने, संगठित हुने सर्वसाधारणलाई समेट्ने भावना नागरिकमा स्वतस्फूर्त ढंगबाट बिकसित हुने अवस्था देखिन्छ। हाम्रो देशलाई कसैले केही गर्न सक्ने छैन। बिस्तारै बिस्तारै देशको अवस्थामा सुधार हुनेछ। श्रीलंकाको जस्तो रूपयाँको अवमूल्यन हुने योग छैन। पूर्वोत्तर देशको सहयोग र दक्षिणको पनि सहयोग नै रहनेछ। यद्यपि अँगारक योग सामान्यतया राम्रो होइन। यद्यपि एकादश भावस्थ भएकोले नेपाली रूपयाँको स्थिति नराम्रो नहोला भन्न सकिन्छ।

(ज्योतिष उदय निरौलाको ग्रह विश्लेषणमा आधारित)

प्रतिक्रिया