मुटुको विरामीलाई वरदानः ह्दयघातबाट मरेको ‘सेल्स’ पुनर्जीवित गर्न सकिने

काठमाडौं। ह्दयघातपछि तपाईंको मुटु पुनः पहिले जस्तो स्वास्थ हुनसक्छ। अमेरिकाको क्यालिफोर्निया विश्वविधालयले हालै गरेको एउटा अनुसन्धानमा यो कुरा पुष्टी भएको बताएको छ। वैज्ञानिक अनुसन्धानमा ह्दयघातबाट मरेका कोशिका (सेल्स) लाई हार्मोनद्धारा पुनः जिवित गर्न सकिने प्रमाणित भएको हो।  

अनुसन्धानको सबैभन्दा ठूलो विशेषता यी सबै प्रक्रिया ‘नेचुरल’ भएको बताइएको छ। ‘जीन थेरापी’ मा पनि यसबाट लाभ उठाउन सकिने वैज्ञानिकहरूले बताएका छन्। अहिलेसम्म प्रयोग मुसामा मात्र गरिएको छ। मानिसमा परीक्षण गर्न बाँकी रहेको विश्वविधालयले जनाएको छ। 

मानिसमा हुने परीक्षण सफल भएको खण्डमा, ह्दयघातबाट ज्यान गुमाउने व्यक्तिहरूलाई पुनर्जीवन दिन सकिने वैज्ञानिकहरूको बताएका छन्। मुसामा ‘सिन्थेटिक म्यासेन्जर राइबोन्युक्लिक एसिड’ प्रयोग गरिएको थियो। जसबाट ‘एमआरएनए डिएनए’ अनुक्रमको ‘ब्ल्युप्रिन्ट’ बन्ने र शरीरमा प्रोटिन बनाउन प्रयोग हुने, जसले कोशिका निर्माणमा सहयोग पुगेको बताइएको छ।  

वैज्ञानिकहरूले एमआरएनएमा परिवर्तन गर्नुको कारण भिन्न जैविक प्रक्रियाबाट शरीरमा बेग्लै निर्देशन दिनु बताएका छन्। यसले शरीरलाई दुई किसिमको सन्देश दिने गर्दछ। पहिलो– स्टेमिन र दोस्रो–वाइएपी५एसएबाट हुने गर्दछ। यी दुवै हार्मोनले मुटुको मांसपेशीको कार्डियोमायोसाइट्सलाई सक्रिय गराउँछ। यसले मुटुको ती कोशिकालाई जिवित तुल्याउन सहयोग गर्छ, जुन मरिसकेका हुन्छन्। 

ह्दयघात विश्वका लागि सबैभन्दा ठूलो चुनौति बनेको छ। विश्वमा मृत्युवरण गरेका कूल मानिसमा एक चौथाईंको निधन मुटुको समस्याबाट हुने गरेको छ। २० वर्षयता मुटु रोगबाट मर्नेको संख्या २० लाखले बढेको छ। २०१९ सम्म यो तथ्यांक ९० लाख पुगेको थियो। 


 

प्रतिक्रिया