आज पाँच मन्त्रीको सपथ

काठमाडौं। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि आज पहिलो पल्ट मन्त्रिमण्डल पुनर्गठन हुँदैछ। नेकपा एकीकृत समाजवादीले आफ्ना ५ मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरूको टुङ्गो लगाएपछि आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथ ग्रहण कार्यक्रम राखिएको छ। 

पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीले पद तथा गोपनीयताको सपथ लिँदैछन्।

एकीकृत समाजवादीले २२ जेठमा सहरी विकाश मन्त्रीमा रामकुमारी झाक्री, पर्यटन मन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएको थियो तर, बजेट पास भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपछि  नयाँ मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ ख्वाउन ढिला भएको थियो। 


 

प्रतिक्रिया