बिराटनगर विमानस्थल क्षेत्रको रोक्का जग्गाको अन्योल हटाउन नेता कोइरालाको माग

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिकाको विमानस्थल क्षेत्रका स्थानीय नागरिकको जग्गा सम्बन्धी समस्या चाँडै समाधान गर्न माग गरेका छन्। 

बिराटनगर विमानस्थल विस्तार गर्न भनेर सरकारले त्यस क्षेत्रका नागरिकको नीजि जग्गा अधिग्रहण गर्न रोक्का गरेको छ। सरकारले उनीहरूलाई जग्गाको मुआब्जा बापतको रकमसमेत दिएको छैन। 

केन्द्रीय सदस्य कोइरालाले आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सो जग्गाको मुआब्जा वितरण गर्न वा जग्गा फुकुवा गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।

‘विराटनगर–४ मा घर–जग्गा खरिद–बिक्री तथा बैँकिङ कारोबारमा रोक लगाएको छ, कि त बैँकिङ कारोबार फुकुवा गर्न अथवा जग्गा कारोबार फुकुवा गर्न सरकारसँग जोडदार माग गर्दछु’ नेता कोइरालाले भनेका छन्। अधिग्रहण गर्न भनी रोक्का राखेर कुनै नगर्दा जनतालाई मर्का परेको भन्दै स्थानीय नागरिक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले सरकारको ध्यानाकर्षण गर्न हिजो विराटनगरमा प्रदर्शन पनि गरेका थिए।
 

प्रतिक्रिया