विराटको फलोअर्स २० करोड, एक पोस्टको ५ करोड कमाई

दिल्ली। भारतका पूर्व कप्तान विराट कोहलीको ब्याट मैदानमा हिजोआज गुपचुप देखिन्छ। तर, सोसल मिडियामा भने उनले चौका–छक्का जमाउन सफल भएका छन्। विगत २ वर्षयता उनले कुनै पनि फम्र्याटमा सतक बनाउन सकेका छैनन्। तर, सोसल मिडिया इन्स्टाग्राममा उनलाई पछ्याउनेको संख्या २० करोड नाघेको छ। 

उनी २० करोड फलोअर्स भएका विश्वका एक्ला क्रिकेटर हुन्। दक्षिण अफ्रिकामा ९ जुनदेखि सुरु हुने टि–२० शृंखलामा कोहलीको नाम टिममा समावेश छैन तर उनको क्रेज उस्तै छ। कोहली आफ्नो एक पोस्टबाट ५ करोड रुपैयाँ कमाई गर्छन। 

उनी विश्व फुटबलका दुई हस्ती पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेसीपछि विश्वमा सबैभन्दा बढी पछ्याइने खेलाडी बनेका छन्। रोनाल्डोको फलोअर्स ४५ दमलव १ करोड छ। मेसीको ३३ दशमलव ४ करोड छ। कोहली सोसल प्लेटफर्मको रिच लिस्टमा १९ औं नम्बरमा पर्छन। उनी शीर्ष–२० मा समावेश एक्लो भारतीय हुन्। होपरएचक्यु डटकमका अनुसार बलिउड अभिनेत्री प्रियंका चोपडा २७ नम्बरमा पर्छिन। उनको हरेक पोस्टबाट ३ करोड रुपैयाँ कमाई हुन्छ। 

रोनाल्डोले एक पोस्टबाट ११ दशमलव ९ करोड रुपैयाँ कमाउने गर्छन। यसपछि ड्वेन जोन्सन दोस्रो र तेस्रो नम्बरमा एरियाना ग्राण्डेले कमाउँछन्। 
 

प्रतिक्रिया