खेलाडी उपलब्धताको प्रश्नचिन्ह्रले घेरिएको युएई टी–२० लिग

काठमाडौं– अन्तर्राष्ट्रिय टी–२० लिग (आईएल टी–२०) को नाममा राखिएको युएई टी–२० लिग अर्को वर्षको सुरुमा हुने भएको छ। यो लिग अर्को वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म खेलाइने जनाइएको छ।

६ टोलीको यो लिगमा कुल ३४ खेल हुनेछन्, जसमा प्रत्येक टोलीले दुई–दुई पटक खेल्नेछन्। यससँगै प्लेअफका चार खेल पनि यो लिगको हिस्सा हुनेछन्।

तर, यस लिगको तालिकाले खेलाडीको उपलब्धतामा प्रश्न चिह्न खडा गरेको छ।  बिग बास लिग (बीबीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल), सम्भावित दक्षिण अफ्रिकी लिग सोही अवधिमा खेलाइनेछ। पाकिस्तान सुपर लिगको आठौं संस्करण पनि आईएलटी टी–२० समाप्त भएको केही दिनपछि सुरु हुनेछ।

टी–२० प्रतियोगिता सुरु गर्न क्रिकेट दक्षिण अफ्रिकाको तेस्रो प्रयास जनवरीमा सुरु हुने अपेक्षा गरिएको छ। तर, खेल तालिका भने सार्वजनिक गरिएको छैन। साथै, डिसेम्बर–जनवरी अवधिमा बीबीएल आयोजना गर्ने पूर्ण सम्भावना छ।

बीबीएलको अन्तिम सिजन ५ डिसेम्बर २०२१ बाट सुरु भएको थियो। यो प्रतियोगिता २८ जनवरी मा समाप्त भएको थियो। यससँगै बीपीएल पनि जनवरी–फेब्रुअरीमा खेलाइनेछ।

आईएल टी–२० लिग आयोजकका अनुसार यस प्रतियोगितामा विश्वभरका उत्कृष्ट टी–२० खेलाडीहरू सहभागी हुने सम्भावना छ। सबैभन्दा सफल इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सको स्वामित्वमा रहेको रिलायन्स समूहको पनि लगानी रहेको छ।

यसबाहेक जीएमआर समूह, दिल्ली क्यापिटल्स र नाइट राइडर्स फ्रेन्चाइजीले पनि यस लिगमा लगानी गरेका छन्। साथै, भारतमा रहेको गैर–बैंकिङ वित्तीय कम्पनी क्याप्री ग्लोबल, म्यानचेस्टर युनाइटेड फुटबल ग्रुप र अदानी स्पोर्ट्सलाइनको पनि यस लिगमा लगानी छ। आईएलटी–२० लिगका टोलीले पनि आईपीएल खेल्ने खेलाडीलाई आफ्नो प्रतियोगिता खेलाउने संकेत यसअघि नै गरिसकेको छ।

यसबाहेक, केभिन पिटरसन, मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले दक्षिण अफ्रिकी टी–२० लिगमा लागनी गर्ने जनाइसकेका छन्।

प्रतिक्रिया