सुनिल क्षेत्री ६ महिनापछि टिममा फर्किए

दिल्ली। स्ट्राइकर सुनिल क्षेत्री ६ महिनाको विश्रामपछि भारतीय टिममा फर्किएका छन्। गत अक्टुबरमा नेपालसँग भएको साफ च्याम्पियनसिपको फाइनल खेलेयता उनी टिममा सहभागी थिएनन्। 

क्षेत्रीलाई २८ मेमा जोर्डनविरूद्ध कतारको दोहामा आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टिममा बोलाइएको प्रशिक्षक इगोर स्टिमेकले जानकारी दिए। उनलाई कोलकातामा भइरहेको ट्रेनिङको बेला टिममा बोलाइएको जानकारी गरिएको थियो। 

३७ वर्षीय क्षेत्रीले साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–० ले पराजित गर्न महत्वपूर्ण योगदान गरेका थिए। 

क्षेत्रीसँगै फरवार्ड लाइनमा इसान पण्डितको पनि फिर्ति भएको छ। दुवैले विपी सुधीन र रहिम अलीको ठाउँ लिएका हुन्। भारत अहिले एएफसी एसिया कपको फाइनल चरणको छनोटका लागि तयारी गरिरहेको छ। 
 

प्रतिक्रिया