हतारमा राष्ट्रिय प्रतियाेगिता गर्न खाेज्दा राेकियाे दाेस्राे पल्ट

काठमाडौं ।  नवौ वृहत राष्ट्रिष्य खेलकुद प्रतियोगिता तेस्रोपल्ट सरेको छ। युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी गराए। 

चैत ३० गते बसेको मन्त्रिपरिषद वैठकले जेठ २२ देखि २८ गतेसम्म नवौं खेलकुद आयोजना गर्न निर्धारण गरेको थियो । आवश्यक पूर्वतयारी र समयसापेक्ष पूर्वानुमान नगरी मन्त्रालयको सिफारिसमा तोकिएको मितिमा खेलकुद हुन नसकेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गहतराजले वजेट कार्यान्वयनको समय नपुगेको, प्रदेश खेलकुद परिषदले खेलाडी छनोटका लागि थप समय माग गरेको र माध्यामिक शिक्षा अन्तर्गत कक्षा ११ र १२ को परीक्षा समय परेका कारण खेलकुद सार्नुपरेको जानकारी दिए ।

प्रतियोगिता आउन दुई साताभन्दा कम समय बाँकी रहँदा कार्यविधि नआउनु र फाष्ट ट्र्याकमा वजेट कार्यान्वयन गर्न सरकारले स्वीकृति नदिएपछि प्रतियोगिता सारिएको हो । २०७६ वैशाख ११ गते नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको समापनको दिन नै गण्डकी प्रदेशमा २०७७ फागुन २१ देखि २७ सम्म प्रतियोगिताको मिति निर्धारण गरिएको थियो । कोरोना महामारीका कारण निर्धारित मितिमा प्रतियोगिता आयोजना हुन नसक्दा एक वर्षका लागि सारिएको थियो । 
 

प्रतिक्रिया