नेपालले अमेरिकाका दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अमेरिका दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्न लागेको हो। पूर्वनेपाली खेलाडीको व्यवस्थापनमा नेपालले दुई अभ्यास खेल खेल्ने क्यानले जनाएको छ। 

नेपालले जेठ १९ मा नेपाली अलस्टार र जेठ २१ मा ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्ने छ। नेपाली स्टारमा नेपाली मुलका खेलाडीहरु खेल्दै आएका छन्। दुवै अभ्यास खेल ५० ओभरको हुने छ। क्यानका अनुसार नेपाली टोली जेठ १५ मा अमेरिका पुग्नेछ। 

नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै आईसिसी विश्वकप लिग–२ मा को सुरुआत गर्नेछ। यस सिरिजपछि ओमानको लिग–२ मा ३६ खेल पूरा हुनेछ। नेपालले हाल १२ खेल खेलेको छ। 

नेपालको यो लिग–२ मा चौथो त्रिकोणात्मक सिरिज हो। ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्ष स्थानमा छ। लिग–२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ। 

७ टोली सहभागी लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन्। बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल

प्रतिक्रिया