सिटीलाई प्रिमियर लिगको उपाधि

काठमाडाैं- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार राति सम्पन्न निकै रोमान्चक खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटीले उपाधि जितेको हो।

खेलमा म्याटी क्यासले एस्टन भिल्लालाई पहिलो हाफमा अग्रता दिलाएका थिए। उनले ३७औं मिनेटमा लुकास डिग्नको पासमा गोल गरे।

६९औं मिनेटमा ओली वाटकिन्सको पासमा फिलिप कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलमा परिणत भएको थियो।

७६ औं मिनेटमा इल्काए गुन्डोगनको पासमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई खेलमा फर्काए। त्यसको दुई मिनेट नबित्दै रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपछि सिटी खेल फर्कियो।

बराबरी गरेको दुई मिनेटपछि नै गुन्डोगनले गोल गर्दै सिटीलाई उपाधि दिलाए।

सिटीले एस्टन भिल्लालाई ३-२ ले पराजित गर्दा दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै ३-१ को जित दर्ता गरे पनि उपाधि जित्न सकेन। 

समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रह्यो। यता, लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो।

प्रतिक्रिया