रोहितलाई उपकप्तानको जिम्मेवारी

काठमाडौं- रोहितकुमार पौडेल नेपाली राष्ट्रिय टोलीका नयाँ उपकप्तानमा नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई अमेरिका र स्कटल्याण्डमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि टोलीको उपकप्तानको जिम्मेवारी दिएको हो। 

यसअघि दिपेन्द्र सिंह ऐरीले उपकप्तानको जिम्मेवारी सम्हालेका थिए। तर, क्यानविरूद्व मिडियाबाजि गरेको भन्दै उक्त जिम्मेवारी खोसिएको थियो।

प्रतिक्रिया