यू–२० पुरुष साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल माल्दिभ्ससँग

काठमाडौं।  भारतमा आयोजना हुने यू–२० पुरुष साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार नेपालले उद्घाटन खेल साउन ९ गते माल्दिभ्सको सामना गर्नेछ।

यस्तै, नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ। १४ गते नेपालले भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइलन खेल २० गते हुनेछ। सिंगल राउण्ड रोविनको आधारमा हुने प्रतियोतिगाको सबै खेल भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने छन्। शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन्।
 

प्रतिक्रिया