प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम म्याच डेबाटै हुने

काठमाडौं– लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा फर्किएको छ। सेन्ट मेरिज स्टेडियममा मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलीमाथि २–१ को पूनरागमन जित निकालेको हो।

लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले गोल गरे। घरेलु टोली साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना बन्यो।

घरेलु टोलीले खेलको १३औं मिनेटमा नाथन रेडमन्डको गोलबाट अग्रता लिएको थियो। २७औं मिनेटमा ताकुमी मिनामिनोले डिएगो जोटाको पासमा बराबरी गोल गर्न सफल भए।

६७औं मिनेटमा जोएल मटिपले गोल गर्दै लिभरपुलको पूनरागमन जित पक्का गरे।

जितसँगै लिभरपुलको ३७ खेलबाट ८९ अंक पुगेको छ। यता, म्यानचेस्टर सिटीको ९० अंक छ।

अब प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम म्याच डेबाटै हुने भएको छ। लिभरपुललाई च्याम्पियन बन्न अन्तिम म्याच डेमा जित तथा शीर्ष स्थानमा रहेको सिटीले अंक गुमाउनुपर्नेछ। 

प्रतिक्रिया