बराबरीमा रोकियो युभेन्ट्स

काठमाडौं– युभेन्ट्स इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ। एलिएन्ज स्टेडियम टोरिनोमा सोमबार राति भएको खेलमा युभेन्ट्स घरेलु मैदानमा लाजियोसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

घरेलु टोलीका डुसान भ्लाहोभिच र अल्भारो मोराटाले गोल गर्दा लाजियोका सेर्गेज मिलिन्किोभिच साभिकले गोल गर्दा एक गोल उपहार पाएको थियो।

खेलको १०औं मिनेटमा डुसान भ्लाहोभिचको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो। ३६औं मिनेटमा मोराटाले जुआन कोर्डाडोको पासमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे।

 मिनेटमा एलेक्स सान्द्रोले आत्मघाती गोल गरेपछि लाजियोले खेलमा फर्कने संकेत गर्यो‍। त्यसपछि युभेन्ट्स इन्ज्युरी समयकोे थप गरिएको छैटौं मिनेटमा सेर्गेज मिलिन्किोभिच साभिकले गोल गर्दै युभेन्ट्सलाई जितबाट वञ्चित गराए।

बराबरीसँगै युभेन्ट्स ३७ खेलबाट ७० अंक जोडेर चौथो स्थानमा रहँदा लाजियो ६३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया