लेवान्डोस्की जर्मन बुन्डेसलिगामा लगातार पाँचौं सिजन सर्वाधिक गोलकर्ता

काठमाडौं– च्याम्पियन टिम वायर्नका म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की जर्मन बुन्डेसलिगा २०२१/२२ को सिजन सर्वाधिक गोलकर्ता बनेका छन्।

३५ गोल गर्दै पोल्याण्डका ३३ वर्षीय फरवार्ड लेवान्डोस्की लगातार पाँचौं सिजन सर्वाधिक गोलकर्ता बनेका हुन्।

लिगको अन्तिम खेलमा शनिबार उल्फ्सवर्गविरुद्ध उनले एक गोल गरेका थिए। उनले समग्रमा सातौं पटक सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन्।

प्रतिक्रिया