आईपीएल : साविक विजेता चेन्नईमाथि मुम्बईको जित

काठमाडौं– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको हो।

चेन्नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईको जितमा तिलक वर्माले अविजित रहँदै ३४ रन बनाए। उनले ३२ बलमा ४ चौका प्रहार गरे।

यता, कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए। टिम डाभिड १६ रनमा अविजित रहे।

चेन्नईका मुकेश चौधरीले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो। चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ३३ बलमा ४ चौका र२ छक्कासहित ३६ रन बनाए।

ड्वाने ब्राभोले १२ रन जोड्दा अम्बाती रायडु र शिवम डुबे समान १० रनमा आउट भए। मुम्बईका डानिल साम्सले ४ ओभरमा १६ रन दिँदै ३ विकेट लिए। रिले मेरीदिथ र कुमार कार्तिक्यले २/२ विकेट लिए ।

जितसँगै अंक तालिकाको पुछारमा रहेको मुम्बईले १२ खेलमा ६ अंक जोडेको छ। चेन्नई १२ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ।  

प्रतिक्रिया