भिडने भए ओलीसँग भीम


काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावल अन्ततः अध्यक्ष पदमा केपी ओलीसँग भिडने भएका छन् । रावलले आफ्नो प्यानल नै बनाएर आसन्न दशौं महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैछन् । 

इतबार रावलको विशेष पत्रकार सम्मेलनको आयोजना हुँदैछ । पत्रकार सम्मलेनमार्फत उनले ओलीलाई खुला चुनौती दिदैछन् ।  चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिएमा ओली सर्वसम्मत अध्यक्ष चाहिँ हुनेछैनन् । उता ओली समुह चाहिँ अध्यक्षसहित पदाधिकारी सर्वसम्मत गराउने तयारीमा लागेको छ । 

प्रतिक्रिया