आईपीएल : गुजरात प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनऊ सुपर जायन्ट्समाथि सानदार जित हात पार्दै नवप्रवेशी फ्रेन्चाइज गुजरात टाइटन्स प्लेअफमा पुगेको छ।

मंगलबार राति सम्पन्न खेलमा लखनऊमाथि ६२ रनको जित हात पार्दै गुजरात प्लेअफमा पुगेको हो। 

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको लखनऊ ८२ रन जोड्दै १४ औं ओभरमा अलआउट हुन पुग्यो। लखनऊका लागि दीपक हुडाले २७ रनको योगदान दिए। आभेश खान १२ र ओपनर क्विन्टन डे ककले ११ रन जोडे।

यता, कप्तान केएल राहुल ८, आयुष बदोनी ८, क्रुनाल पान्ड्या ५ र करण शर्मा ४ रनमा आउट भए। अलराउन्डर मार्कस स्टोइनिसले २ र‌ जेसन होल्डरले १ रन मात्र जोड्न सके। 

गुजरातका लागि अफगानी स्पिनर राशिद खानले ४ विकेट लिए। साइ किशोर र यश दयालले २/२ तथा मोहमद शामीले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४४ रन जोडेको थियो।

गुजरातलाई ब्याटिङमा शुभका गिलको नटआउट रहँदै ४९ बलमा ६३ रनको योगदान दिए। उनले ७ चौका प्रहार गरे। डेभिड मिल्लरले २६ तथा राहुल टेवाटियाले अविजित २२ रन बनाए।

लखनऊका आभेश खानले २ विकेट लिए। मोहसिन खान र होल्डरले १/१ विकेट लिए।

यस जितसँगै गुजरात १२ खेलमा १८ अंक जोड्दै लखनऊलाई उछिन्न सफल भयो। दोस्रो स्थानमा रहेको लखनऊको १६ अंक छ।

प्रतिक्रिया