प्रिमियर लिग : एस्टन भिल्लामाथि लिभरपुलको जित

काठमाडौं– लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर उपाधि होडमा कायमै राखेको छ।

भिल्ला पार्कमा मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २–१ को  रोमाञ्चक जित निकाल्दै उपाधि होडमै कायम रहेको हो।

लिभरपुलको जितमा जोएल मटिप र साडियो मानेले गोल गरे। घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो।

खेलको तेस्रो मिनेटमा नै डुगलस लुइजको गोल गरेका थिए। छैटौं मिनेटमा लिभरपुल बराबरी गोल फर्काउन सफल भयो। जोएल मटिपले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

६५औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जितसहित ३ अंक दिलाए।

जितसँगै उपाधि दौडमा कायम रहेको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा यथावत् रहेको छ।

 लिभरपुलको ३६ खेलबाट ८६ अंक पुगेको छ। एक खेल कम खेलेको सिटीको पनि त्यति नै अंक छ। पराजित भिल्ला ४३ अंक जोडेर ११औं स्थानमा रहेको छ।

प्रतिक्रिया