मुम्बई कोलकत्तासँग ५२ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले  जित निकालेको छ। यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले सोमबार पनि हार बेहोरेको छ। 

सोमबार राति भएको खेलमा कोलकत्ताले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको हो। कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रनमा सीमित भयो।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले। टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाए। केइरन पोलार्डले १५ रन जोडे । 

कोलकत्ताका प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए। 

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

कोलकत्ताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ /४३ रन जोडे। अजिन्का रहानेले २५ तथा रिन्कु सिंहले अविजित २३ रन बनाए। मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए। 

जितसँगै कोलकत्ताले १२ खेल १० अंक जोडेको छ। कोलकत्ता सातौं स्थान रहेको छ। ११ खेलमा ४ अंक मात्र जोडेको मुम्बई भने अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया