एकदिवसीय क्रिकेटमा जिम्बावे 'ए' लाई हराउँदै नेपाल विजयी

काठमाडौं । जिम्बावे ’ए’ सँगको अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ । जिम्बावे ’ए’ ले दिएको एक सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो ।

नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६०, आशिफ शेखले २९ र विनोद भण्डारीले नटआउट २८ रन बनाए । बलिङतर्फ जिम्बावे ’ए’ का ब्रान्डन मभुताले तीन विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावे ’ए’ ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयो । उसका लागि तालिवोनाशे मरुमानीले ५०, कुदजाई मौनजीले ३९ र रोए कायाले ३६ रन बनाए ।

बलिङतर्फ नेपालका किशोर महतोले पाँच विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । वर्षाका कारण मैदान चिसो भएका कारण आजको खेल ३३ ओभरमा झारिएको थियो । आजको जितसँगै नेपालले तीन खेलको एकदिवसीय शृङ्खला दुई–एकले जितेको छ । यसअघि तीन खेलको टी–२० शृङ्खलामा एक–एकको बराबरी भएको थियो ।


 

प्रतिक्रिया