प्रिमियर लिग : ब्राइटनसँग युनाइटेडको लज्जास्पद हार

काठमाडौं– म्यानचेस्टर युनाइटेडले इङग्लिस प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ।

शनिबार राति सम्पन्न खेलमा युनाइटेडलाई ब्राइटनले ४-० गोल अन्तरले हराएको हो।

खेलको १५औं मिनेटमा मोइसेसले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए।

४९औं मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै ब्राइटनको अग्रता २–० मा पुर्‍याए। ५७औं मिनेटमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ३–० को अग्रता दिलाए।

त्यसपछि ६०औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई ४–० को जित दिलाए।

जितसँगै ब्राइटनले ३६ खेल ४७ अंक जोडेको छ।ब्राइटन नवौं स्थानमा रहेको छ।

युनाइटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रतिक्रिया