घरेलु मैदानमा इन्टरको पुनरागमन जित

काठमाडौं– इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा पुनरागमन जित निकालेको छ।

घरेलु मैदानमा शुक्रबार राति सम्पन्न खेलमा इन्टरले पुनरागमन गर्दै इम्पोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

खेलको पाँचौं मिनेटमा आन्द्रे पिनामोन्टीले गोल गर्दै इम्पोलीलाई सुरुआती अग्रता दिएका थिए।

२८औं मिनेटमा क्रिष्टजन अस्लानीले गोल गर्दै अग्रता दोब्बर बनाए।

तर, खेलको ४०औं मिनेटमा इम्पोलीका सिमोनले आत्मघाती गोल गरेपछि खेल २–१ को स्थितिमा आयो।

४५औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई २–२ गोलको बराबरीमा फर्काए।

६४औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–१ को अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई ४–२ को पुनरागमन जित दिलाए।

जितसँगै ३६ खेलमा ७८ अंक जोडेको इन्टर शीर्ष स्थानमा उक्लिएको छ।

इम्पोली ३७ अंक जोडेर १४औं स्थानमा रहेको छ।

प्रतिक्रिया