भ्रमणकारी जिम्बावे ‘ए’विरूद्व पहिलो जितको खोजीमा नेपाल

काठमाडौं– घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’बीचको दोस्रो एकदिवसीय अभ्यास खेल आज (शनिबारबार) हुँदैछ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावेबीचको खेल बिहान ९:३० बजेबाट सुरु हुनेछ। घरेलु समर्थकको साथ पाएको नेपाल आज जिम्बावेविरुद्ध पहिलो जितको खोजीमा हुनेछ।

शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको थियोे। योसँग नेपाल तीन एकदिवसीय अभ्यास खेलमा १-० ले पछि परिसकेको छ। 

नेपाललाई खेलमा फर्किन आजको जित महत्त्वपूर्ण हुनेछ।यता, जिम्बावे पनि जारी लयलाई निरन्तरता दिन चाहन्छ।

प्रतिक्रिया