आईपीएल : दिल्लीको प्लेअफको सम्भावना जीवितै

काठमाडौं- दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादलाई २१ रनले हराउँदै प्लेअफको सम्भावना जीवितै राखेको छ।

जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनायो।

हैदरावादका विकेटकिपर निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गरे।

यता, मध्यक्रमका एडेन माक्ररम २५ बलमा ४ चौका र ३ छक्कासहित ४२ रनमा आउट भए। 

राहुल त्रिपाठी २२, शशांक सिंह १० र शेन एबोटले ७ रन बनाए। दिल्लीका खलिल अहमदले ३ विकेट लिए। शार्दुल ठाकुरले २, एनरिच नोर्किया, कुलदीप यादव र मिचेल मार्शले १–१ विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनायो। दिल्लीका डेविड वार्नरले अविजित रहँदै सर्वाधिक ९२ रन बनाए। उनले ५८ बलमा १२ चौका र ३ छक्का प्रहार गरे।

रोभम्यान पावेलले ३५ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनको अविजित आक्रामक इनिङ्स खेले। चौंथो विकेटका लागि पावेल र वार्नरले ६६ बलमा १ सय २२ रनको अविजित साझेदारी गरेका थिए।

यता, ऋषभ पन्तले १६ बलमा १ चौका र ३ छक्का प्रहारसहित २६ रन बनाए। हैदराबादका भुवनेश्वर कुमार, शेन एबोट र श्रेयस गोपालले १–१ विकेट लिए।

यो जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै राखेको छ। बाँकी चारमध्ये कम्तिमा तीन खेलमा जित निकाल्न सके १६ अंकका साथ प्लेअफमा पुग्नेछ।

दिल्ली १० खेलमा ५ जित र ५ हारसहित पाँचौ स्थानमा छ। यता, हैदरावादले प्लेअफमा पुग्न बाँकी चारमध्य कम्तिमा तीन खेलमा जित निकाल्नु पर्छ। 

हैदरावाद पनि १० खेलमा ५ जित र ५ हारसहित छैटौं स्थानमा छ।

प्रतिक्रिया