पहिलो एकदिवसीय अभ्यास खेल : घरेलु टोली नेपाल र जिम्बावे ‘ए’ भिड्दै

काठमाडौं- घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’बीचको पहिलो एकदिवसीय अभ्यास खेल आज (शुक्रबार) हुँदैछ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावेबीचको खेल बिहान ९:३० बजेबाट सुरु हुनेछ। घरेलु समर्थकको साथ पाएको नेपाल आज जिम्बावेविरुद्ध जित निकाल्दै तीन अभ्यास खेलमा अग्रता लिने लक्ष्यमा हुनेछ। 

यता, जिम्बावे पनि अन्तिम टी२० खेलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ। तीन टी२० अभ्यास खेल १–१ को बराबरीमा सकिएको थियो। आइतबार पहिलो अभ्यास खेलमा ६ विकेटले पराजित भएको नेपालले बुधबार जिम्बावेमाथि ८ विकेटको सानदार जित निकालेको थियो।

सोमबारको दोस्रो खेल भने वर्षाको कारण रद्द भएको थियो। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा टी२० टिममा परेर पनि बेन्चमा सीमित भएका बलरद्वय सागर ढकाल र विवेक यादवलाई मैदान उतार्ने सम्भावना छ। 

‘सागर अहिले हाम्रो लागि एक मात्र बायाँ हाते बलर हुन्। उनलाई लामो फर्म्याटका लागि राखिएको हो। उनले एक दिवसीयमा मौका पाउनेछन्,’ उनले टी२० सिरिज बराबरीमा रोकेपछि भनेका थिए।
त्यस्तै, अर्का बलर विकेक यादवले पनि एकदिवसीय खेल्ने सम्भावना रहेको छ।

प्रतिक्रिया