पुरन वेस्ट इन्डिजको ओडीआई र टी२० आईको नयाँ कप्तान

काठमाडौं– विकेटकिपर ब्याटर निकोलस पुरन वेस्ट इन्डिजको ओडीआई र टी२० आईको नयाँ कप्तान बनेका छन्। अघिल्लो महिना किरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पुरनलाई कप्तानमा नियुक्त गरिएको हो।

पुरनले वेस्ट इन्डिजबाट टी२० मा कप्तानी गरिसकेका छन्। गतवर्ष अस्ट्रेलियासँगको पाँच टी२० आई सिरिज पुरनको कप्तानीमा वेस्ट इन्डिजले ४–१ ले जितेको थियो। विष्फोटक ब्याटर पोलार्ड घाइते हुँदा उक्त सिरिज पुरनले नेतृत्व गरेका थिए।

पुरन वेस्ट इन्डिजको ओडीआई र टी२० आईको उपकप्तान रहँदै आएका थिए। पुरनको कप्तानीमा वेस्ट इन्डिजले आगमी अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी२० विश्वकप र २०२३ भारतमा हुने एकदिवसिय विश्वकप खेल्नेछ। 

यता, ओपनर शाई होप ओडीआईको उपकप्तान बनेका छन्। २६ वर्षीय पुरनले ३७ ओडीआई र ५७ टी२० आई खेल खेलेका छन्।

पुरनले २०१४ र २०१६ मा यू–१९ विश्वकप खेलेका थिए। २०१६ को फाइनलमा वेस्ट इन्डिजले यू-१९ विश्वकप उपाधि जित्दा पुरनले प्रतियोगिताभर सानदार प्रदर्शन गरेका थिए।

पुरनको कप्तानीमा वेस्ट इन्डिजले पहिलो सिरिज आगमी मे ३१ देखि आईसीसी विश्वकप सुपर लिगअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध तीन ओडीआई खेल खेल्नेछ।

प्रतिक्रिया