कोलकाताको प्लेअफको अंक गणीतिय सम्भावना कायमै

काठमाडौं– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ अन्तर्गतको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। 

जितको लागि पछ्याएको १ सय ५३ रनको लक्ष्य कोलकाताले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। कोलाकाताका रिन्कु सिंहले २३ बलमा अविजित ४२ बनाए। यता नितिश राणाले ३७ बलमा ४८ रन बनाए।

राजस्थानका टेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र कुलदीप सेनले १/१ विकेट लिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो। राजस्थानका कप्तान सञ्जु स्यामसनले ४९ बलमा ५४ रनको योगदान दिए । शिम्रन हेटमायरले १३ बलमा अविजित २७ रन बनाए।

कोलकाताका टिम साउथीले २ तथा शिवम माभी, उमेश यादव र अनुकोल रोयले १–१ विकेट लिए। योसँगै लगातार पाँच हारको यात्रा अन्त्य गर्दै कोलकाताले प्लेअफको अंक गणीतिय सम्भावना कायमै राखेको छ।

कोलकातालाई प्लेअफमा पुग्न बाँकी चार खेलमा जित निकाल्नुको साथै अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । राजस्थानको भने प्लेअफ सम्भावना बलियो छ। 

प्रतिक्रिया