दोस्रो टी२० : घरेलु टोली नेपाल र जिम्बावे ‘ए’ भिड्दै

काठमाडौं– घरेलु टोली नेपालले सोमबार भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले दोस्रो टी२० सिरिज अन्तर्गत आज जिम्बावेविरुद्ध खेल्न लागेको हो।

खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ। आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो।

आज नेपाल जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।

जिम्बावे भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिज कब्जा गर्न चाहन्छ।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप जिम्बावेसँग सिरिज खेलिरहेको हो।

सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ। तीन खेलको टी२० सिरिजपछि तीन एकदिवसीय खेल हुनेछ।

प्रतिक्रिया