बुन्डेसलिगा : ७ गोल, हालाण्डको ह्याट्रिक

काठमाडौं– अर्लिङ हालाण्डको ह्याट्रिकका बिच पनि बोरूसिया डर्टमण्ड बुन्डेसलिगा फुटबलमा पराजित भएको छ।

शनिबार राति भएको खेलमा डर्टमण्ड बक्हमसँग ४-३ गोल अन्तरले पराजित भएको हो।

बक्हमलाई जित दिलाउन सेबास्टियन पोल्टर, गेरिट होल्टम्यान, जुर्गेन लोकाडिया र मिलोस पान्टोभिचले एक एक गोल गरे।

हालाण्डले खेलको १८, ३० र ६२औं मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरेका थिए। तर, खेलमा अग्रता भने बक्हमले लिएको थियो। 

खेलको तेस्रो मिनेटमै पोल्टरले गोल गरे। यस्तै, ८औं मिनेटमा होल्टम्यानले गोल गर्दै अग्रता दोब्बर बनाए।

८१औं मिनेटमा जुर्गेनले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए। त्यसपछि ८५औं मिलोसले गोल गर्दै ४-३ को जित दिलाए।

जितसँगै बक्हम ३९ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ। डर्टमण्ड ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ।

प्रतिक्रिया