आएईपीएल : मुम्बईको पहिलो जित

काठमाडौं– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पहिलो जित हात पारेको छ। पाँच पटकको च्याम्पियन मुम्बईले शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै लगातार आठ हारको यात्रा अन्त्य गरेको छ।

जितको लागि पछ्याएको १ सय ५९ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। मुम्बईको जितमा सूर्यकुमार यादवले ३९ बलमा सर्वाधिक ५१ रन बनाए भने तिलक बर्माले ३० बलमा ३५ रन जोडे।

राजस्थानका बलर ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले १–१ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियाो । 

राजस्थानका जस बटलरले ५२ बलमा सर्वाधिक ६७ रनको योगदान दिए। जारी आइपिएलमा बटलरले ९ खेलमा ३ शतक र ३ अर्धशतकसहित ५ सय ६६ रनका साथ शीर्षस्थानमा छन्।

मुम्बईका ऋतिक शोकिन र राइली मेरिडिथले समान २–२ विकेट लिए। राजस्थानले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ  भने मुम्बईले शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ।

प्रतिक्रिया