वर्षाको कारण नेपाल र जिम्बावे ‘ए’बीचको पहिलो एकदिवसीय खेल स्थगित

काठमाडौं । लगातार वर्षाको कारण घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ।

टियु मैदानमा शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। खेल निर्धारित समय अनुसार ९ : ३० मा हुनुपर्ने थियो। तर, लगातार वर्षाको कारण खेल टससमेत नभइ स्थगित भएको हो।

म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरीक्षण गर्दै खेल स्थगित भएको जानकारी दिएका हुन्। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यस खेल आइतबार हुने छ।

प्रतिक्रिया