फ्रेन्च लिग वान : पीएसजी बराबरीमा रोकियो

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ।

स्टार्सवर्गमा शुक्रबार राति भएको खेल पीएसजीले घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरी खेलेको हो। घरेलु टोलीका लागि केभिन गेमेइरो र एन्थोनी काचीले गोल गर्दा एक गोल उपहार पाएको थियो। पीएसजीका लागि एमबाप्पेले दुई तथा अचरफ हाकिमीले गोल गरेपनि जित निकाल्न सकेन।

खेलको दोस्रो मिनेटमै गेमेइरोको गोलबाट घरेलु टोलीले सुरुआती अग्रता लिन सफल भएको थियो। २३औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

६४औं मिनेटमा हाकिमीले गोल गर्दै पीएसजीलाई पुन: २–१ को अग्रता दिलाए। ६८औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। तर, ७५औं मिनेटमा भेराट्टीले आत्मघाती गोल गरेपछि खेल ३–२ को स्थितिमा पुग्यो।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्थोनी काचीले गोल गर्दै च्याम्पियन बनिसकेको पीएसजीलाई जितबाट बञ्चित गराए।

यो बराबरीसँगै शीर्षस्थानमा रहेको पीएसजीको ३५ खेलबाट ७९ अंक पुगेको छ। समान खेलबाट स्टार्सवर्ग ५७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।

प्रतिक्रिया