आईपीएल : पञ्जाबमाथि लखनऊको जित

काठमाडौं । लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्समाथि २० रनको जित हात पारेको छ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो। 

पञ्जाबका जोनी बेयरस्टोले सर्वाधिक ३२ रन बनाए। उनले २८ बलमा ५ चौका प्रहार गरे। यता, कप्तान मयंक अग्रवालले १७ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए।

ऋषि धवन २२ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे। यता, लियाम लिभिङस्टोनले १८ रन जोडे।

लखनऊका मोहसिन खानले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए। दुश्मन्था चामिरा र क्रुनाल पान्ड्याले २/२ विकेट लिए।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो। 

लखनऊका ओपनर क्विन्टन डि ककले सर्वाधिक ४६ रन बनाए। उनले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

दीपक हुडाले २८ बलमा १ चौका र २ छक्कासहित ३४ रन बनाए। लखनऊका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

तल्लोक्रमका दुश्मन्था चामिराले १७, मोहसिन खानले १३ र जेसन होल्डरले ११ रन बनाए।

पञ्जाबका कागिसो रबाडाले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए। राहुल चाहरले २ र सन्दीप शर्माले १ विकेट लिए। 

जितसँगै लखनऊ छैटौं जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। लखनऊको ९ खेलमा ६ जित र ३ मा हार व्यहोरेको छ।

यता, पञ्जाब ९ खेलमा ४ जित र ५ हारसहित सातौं स्थानमा छ। 

प्रतिक्रिया