बेन स्टोक्स इंग्ल्याण्डको टेस्ट कप्तान

लन्डन। अलराउण्डर बेन स्टोक्सलाई इंग्ल्याण्डले आफ्नो टेस्ट टिमको कप्तान नियुक्त गरेको छ। जो रुटले यसअघि कप्तान पदबाट राजीनामा गरेका थिए। उनको बर्हिगमनपछि स्टोक्ससहित जोनी बेयरस्टो पनि कप्तानको दौडमा थिए।

स्टोक्सले इंग्ल्याण्डका लागि ७९ टेस्टमा ५ हजार ६१ रन बनाइसकेका छन्। यसमा ११ सतक र २६ अर्थसतक समावेश छ। उनले १७४ विकेट पनि लिएका छन्। उनको उत्कृष्ट प्रदर्शन १६१ रन खर्चेर ८ विकेट छ। ब्याटिङमा उनले २५८ रनको इनिङ खेलेका छन्। अहिले उनी तीन वटा फर्मेटमै खेलिरहेका छन्।
 

प्रतिक्रिया