विद्रोही खेलाडीले भने, ‘अल–मुताइरीको प्रशिक्षणमा खेल्न सकिन्न'

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले आफूहरूलाई टचर दिइरहेको भन्दै उनको प्रशिक्षणमा खेल्न नसक्ने नेपाली राष्ट्रिय टोलीका सदस्य अनन्त तामाङले बताएका छन्। बिहीबार प्रशिक्षक अल–मुताइरीविरूद्व गरेको विद्रोहको बारे जानकारी दिँदै उनले उक्त कुरा बताएका हुन्।

‘प्रशिक्षकको ‘अन्डर’ मा काम गर्न निकै गाह्रो हुन्छ। उहाँले हाम्रो व्यक्तिगत जीवनमा पनि दख्खल दिँदै आइरहनु भएको छ। उहाँले कस्तो कपडा लगाउने, कस्तो ट्याटु खोप्ने लगायतका कुरामा पनि कडाइ गर्नुहुन्थ्यो। अब हामी फर्किन गाह्रो छ। अखिल नेपाल फुटबल संघले दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भने।

पत्रकार सम्मेलनमा रोहित चन्दले राष्ट्रिय टोलीमा फर्किए पनि आफूहरुलाई प्रशिक्षक अल–मुताइरीमाथि विश्वास नहुने बताए।

‘अल–मुताइरीआएपछि टिममा परिवर्तन भने धेरै भएको छ। पहिलेको तुलनामा हामीले खेलहरु पनि धेरै खेल्न पाइरहेका थियौं। तर, हामीलाई उहाँसँग व्यक्तिगत रुपमा समस्या छ। अब हामी टोलीमा फर्किए उहाँलाई हामीप्रति ट्रस्ट हुन्न, हामीलाई पनि हुन्न,’ उनले भने। 

यता, विशाल राईले रोहितलाई टोलीमा राख्नुपर्छ भनेर होटेल नछोडेको दाबी गरे। उनले पनि खेलाडीको सुविधाका बारेमा कुरा उठाएकाले आफूहरु प्रशिक्षक अल–मुताइरीबाट पीडित बनेको बताए।

‘रोहितलाई टिममा राख्नुपर्छ भनेर हामीले होटल छाडेका हैनौं। रोहितले खेलाडीको सुविधाबारे कुरा उठाएकाले हामी पनि त्यसमा सहभागी भएका हौं। हामी विद्रोही होइन पीडित हौं,’ उनले भने।

279313783_1401777203671184_5254296833228660977_n

2
3

प्रतिक्रिया