आईपीएल : तालिकाको शीर्षमा उक्लियो राजस्थान

काठमाडौं– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरलाई २९ रनले हराएको छ। 

जितको लागि १ सय ४५ रनको मध्यम लक्ष्य पछ्याएको बैंग्लोर १९.३ ओभरमा १ सय १५ रनमा अलआउट भयो। बैंग्लोरका कप्तान फाफ डु प्लेसिसको सर्वाधिक २३ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

बैंग्लोरका स्पिनर रविचन्द्रन आश्विनले ३ विकेट लिए भने कुलदीप सेनले ४ विकेट लिए। प्रसिद्ध कृष्णको नाममा २ विकेट रह्यो।

त्यसअघि महाराष्ट क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाको थियो। राजस्थानका रियान परागले अविजित ५६ रन बनाए। राजस्थानका अन्य ब्याटर भने चल्न सकेनन्।

बैंग्लोरका जोश हेजलवुड, वानिन्दु हसरंगा र मोहम्मद शिराजले समान २–२ विकेट लिए भने हर्षल पटेलले १ विकेट लिए।

जितसँगै गुजरात टाइटन्सलाई नेटरनरेटमा पछि पार्दै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अब राजस्थानले शनिबार मुम्बई इन्डियन्सविरुद्ध खेल्नेछ भने बैंग्लोरले शनिबार नै गुजरात टाइटन्ससँग खेल्नेछ। 
 

प्रतिक्रिया