‘फाइनालिसिमा’ भिडन्तपछि चिलिनीले सन्यास लिने 

काठमाडौं– इटालियन डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन्। अर्जेन्टिनासँग जुन १ मा हुने ‘फाइनालिसिमा’ भिडन्तपछि ३८ वर्षीय चिलिनीले सन्यास लिने भएका हुन्।

गत महिना उत्तरी म्यासेडोनियासँग प्लेअफमा १–० ले पराजित भएपछि इटाली कतार विश्वकप २०२० मा क्वालिफाइ गर्न असफल भएको थियो।

इटालीका लागि चिलिनीको अन्तिम खेल वेम्बली स्टेडियममा हुनेछ। उनले यही मैदानमा इटालीलाई युरोका २०२० को उपाधि दिलाउन नेतृत्व गरेका थिए।

‘म वेम्बलीबाट सन्यासको घोषणा गर्नेछु, जहाँ मैले युरोकप जित्ने,’ चिलिनीले सोमबार सिरी ‘ए’ अन्तर्गत सासुओलोमा युभेन्टसले २–१ गोल अन्तरको जित निकालेपछि भने।

अनुभवी डिफेन्डर चिलिनीले नोभेम्बर २००४ मा फिनल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उक्त खेलमा इटालीले १–० जित निकालेको थियो। उनले इटालीका लागि ११६ क्याप खेलेका छन्। 

प्रतिक्रिया