किनले दिलाए युभेन्टसलाई जित

काठमाडौं– युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा पुनरागमन जित निकालेको छ।

सोमबार राति भएको खेलमा युभेन्टसले एक गोलको अग्रता उल्टाएर सासोउलोमाथि २–१ गोल अन्तरको जित निकालेको हो।

खेलको ३८औं मिनेटमा जियाकोमा रास्पाडोरीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, ४५औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए। ८८औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए।

जितसँगैचौथो स्थानमा रहेको युभेन्टसले ३४ खेलमा ६६ अंक जोडेको छ।

सासोउलो ४६ अंक जोडेर दशौँ स्थानमा रहेको छ।

प्रतिक्रिया