चेन्नई पन्जाबसँग ११ रनले पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ११ रनले पराजित भएको छ। जारी आईपीएलमा यो चेन्नईको छैटौं हार हो।

जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो। चेन्नईका अम्बाती रायुडूले ३९ बलमा सर्वाधिक ७८ रन बनाए।

चेन्नईका ओपनर ऋतुराज गायवाड ३०, रोविन उथप्पा १, मिचेल सान्टनार ९ र शिवम दुबे ८ रनमा आउट भए। पन्जाबका कागिसो रबाडा र ऋषि धवनले समान २ विकेट लिँदा सन्दीप शर्मा र अर्शदीप सिंहको नाममा १–१ विकेट रह्यो।

त्यसअघि वानखडे स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो। पञ्जवका लागि शिखर धवनले ५९ बलमा  अविजित ८८ रन बनाए। भानुका राजपक्षले ३२ ४२ रन बनाउँदा ओपनर मयंक अग्रवालले १८ तथा लियाम लिभिङस्टोन १९ रन बनाए। चेन्नईका ड्वेन ब्राभोले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए। 

चेन्नईले अब आइतबार हैदराबादसँग खेल्नेछ भने पन्जाबले आगामी शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ।

प्रतिक्रिया