आईपीएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी

काठमाडौं– मुम्बई इन्डियन्सको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफको सम्भावना लगभग सकिएको छ। 

आइतबार मुम्बई लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना लगभग सकिएको हो। मुम्बईको यो लगातार आठौं हार हो। आईपीएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी छ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो। मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

तिलक बर्माले २७ बलमा २ चौका र २ छक्काहित ३८ रन बनाए। तल्लोक्रमका काइरन पोलार्डले १९ रन बनाए। लखनऊका कुर्नाल पाण्ड्याले ३ तथा जेसन होल्डर, आयुस बाडोनी, रवि विश्रोई र मोशिन खानले १/१ विकेट लिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। लखनऊका कप्तान लोकेश राहुल सर्वाधिक १ सय ३ रनमा अविजित रहे। उनले  ६२ बलमा १२ चौका र ४ छक्का प्रहार गरे। 

मनिष पाण्डे २२,  आयुष बदोनी १४, ओपनर क्विन्टन डि कक १०, मार्कस स्टोइनिस शून्य र क्रुनाल पान्ड्या १ रनम आउट भए। 

मुम्बईका काइरन पोलार्ड र राइली मेरिडीथले २/२ विकेट लिए। जस्प्रित बुमराह र ड्यानियल साम्सले १–१ विकेट लिए। 

मुम्बई ८ खेलमा ८  हारसहित अंक तालिकाको पुछारमा छ। लखनऊ ८ खेलमा ५ जित र ३ हारसहित १० अंकका साथ चौथो स्थानमा छ।

प्रतिक्रिया