फ्रेन्च लिग वान : पीएसजीलाई दशौं पटक उपाधि

काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दशौं पटक फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ।

घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जितेको हो।

खेलको ५७औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो। ६८ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, ८८औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई १–१ गोलको बराबरीमा फर्काए। बाँकी समय दुवै टोलीबाट गोल निस्किन सकेन र खेल १–१ को बराबरीमा टुङ्गियो।

यस बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ। लेन्स ५४ अंक जोडेर सातौं स्थानमा रहेको छ।

प्रतिक्रिया