आईपीएल : गुजरात ८ रनले विजयी

काठमाडौं– कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्ससँग ८ रनले पराजित भएको छ। 

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाएपनि टोलीको हार टार्न सकेनन्। उनले २५ बलमा १ चौका र ६ छक्का प्रहार गरे। 

यता, रिन्कु सिंहले २८ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाए। उमेश यादव १५ रनमा अविजित रहँदा कप्तान श्रेयस अय्यरले १२ रन बनाए। कोलकाताका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

गुजरातका मोहमद शामी, याश पटेल र राशिद खानले २/२ विकेट लिए। त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो। 

गुजरातका हार्दिक पान्ड्याले सर्वाधिक ६७ रन बनाए। उनले ४९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। 

आईपीएलमा हार्दिकको यो लगातार तेस्रो अर्धशतक हो। डेविड मिलर २० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २७ रनमा क्याच आउट भए। यता, अर्का ओपनर ऋद्धिमान शाह २५ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए। 

राहुल टेवाटिया १७ रनमा आउट भए। कोलकाताका  आन्द्रे रसेलले १ ओभरमा ५ रन खर्चेर ४ विकेट लिए। टिम साउथीले ३ विकेट लिए। 

उमेश यादव र शिवम माभीको नाममा १–१ विकेट रह्यो। गुजरात ७ खेलमा ६ जित र १ हारसहित १२ अंक जोड्दै शीर्ष स्थानमा छ। कोलकाता ८ खेलमा ३ जित र ५ हारसहित सातौं स्थानमा छ। 

प्रतिक्रिया