रुसी राष्ट्रपतिको समर्थनमा निकालिएको र्‍यालीमा सहभागी ओलम्पिक च्याम्पियनमाथि प्रतिबन्ध

काठमाडौं– पौडीको सर्वोच्च निकाय फिनाले रुसी ओलम्पिक च्याम्पियन इभगेनी राइलोभमाथि प्रतिबन्ध लगाइएको छ।

युक्रेनमा रुसले गरेको आक्रमणको समर्थनमा निकालिएको र्‍यालीमा सहभागी भएपछि इभगेनीलाई फिनाले ९ महिनाको प्रतिबन्ध लगाइएको हो। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा मार्चमा मस्कोको लुज्निकीमा यो र्‍याली आयोजना भएको थियो। र्‍यालीमा सहभागी खेलाडीमध्ये २५ वर्षीय इभगेनी पनि एक थिए।

र्‍यालीमा सहभागी सबैले युद्धको समर्थनमा ‘जेड’ अक्षरले लेखिएको लुगा लगाएका थिए।

गत समर टोकियो ओलम्पिकमा इभगेनीले १०० मिटर र २०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए। 

फिनाले एक विज्ञप्ति निकाल्दै भनेको छ,‘इभगेनीलाई फिनाले आयोजना गर्ने सबै प्रतियोगिता र गतिविधिहरुमा प्रतिबन्ध लगाइएको छ।’

उनीमाथिको प्रतिबन्ध २० अप्रिलदेखि लागू हुनेछ। यद्यपि, यस वर्षको अन्त्यसम्म सबै रूसी र बेलारूसी पौडी खेलाडीहरूलाई फिनाका कार्यक्रमहरूमा भाग लिन निषेध गरिएको छ।

प्रतिक्रिया