ओसासुनामाथि रियलको सहज जित

काठमाडौं– रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३-१ गोल अन्तरले हराएको हो।

रियलको जितमा डेभिड अल्बा, मार्को एसेन्सियो र लुकास भास्क्वेजले एक एक गोल गरे। ओसासुनाका एन्ट बुडीमिरले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा अलाबाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको एक मिनेटमै बुडीमिरले गोल गर्दै ओसासुनालाई खेलमा फर्काए।

४५औं मिनेटमा एसेन्सियोले गोल गर्दै पुन: रियल २-१ को अग्रता दिलाए। ५२औं करिम बेन्जिमा पेनाल्टीमा गोल गर्न चुके। यस्तै, ५९औं मिनेटमा पनि बेन्जिमा पेनाल्टीमा गोल गर्न चुके।

त्यसपछि खेलको इन्जुरी समयमा लुकासले गोल गर्दै रियललाई ३-१ को जित दिलाए। जितसँगै रियल उपाधिनजिक पुगेको छ। शीर्ष स्थानको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ।

ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा रहेको छ।

प्रतिक्रिया