आईपीएल : पञ्जाबमाथि दिल्लीको सहज जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ।  बुधबार राति भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ९ विकेटले हराएको हो।

पञ्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १०.३ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। दिल्लीको जितमा डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३० बलमा १० चौका र १ छक्का प्रहार गरे।

यस्तै, पृथ्वी शले २० बलमा ७ चौका र १ छक्कासहित ४१ रन बनाए। सर्फराज खान १२ रनमा अविजित रहे। पञ्जाबका राहुल चाहरले १ विकेट लिए।

त्यसअघि मुम्बईको ब्रेबोर्न स्टेडियममा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन जोडेको थियो।

पञ्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए। उनले २३ बलमा ५ चौका प्रहार गरे। यता, कप्तान मायांक अग्रवालले १५ बलमा ४ चौकासहित २४ रन बनाए।

शाहरुख खान र राहुल चाहरले १२/१२ रन जोडे। पञ्जाबका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए।

दिल्लीको यो तेस्रो जित हो। जितसँगै ६ खेलमा ६ अंक जोडेको दिल्ली छैटौं स्थानमा उक्लिएको छ। पञ्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ। 

प्रतिक्रिया