पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं– वेस्ट इन्डिजका अलराउन्डर किरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

एकदिवसीय र टी२० क्रिकेटमा टोलीको कप्तान रहेका पोलार्डले बुधबार सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन्।

३४ वर्षीय पोलार्ड हाल इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सबाट खेल्दै छन्।

पोलार्डले इन्स्टाग्राममा एक भिडियोमा भनेका छन्, ‘विचारविमर्शपछि मैले आज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु। १० वर्षको बालक हुँदादेखि वेस्ट इन्डिजको टोलीको प्रतिनिधित्व गर्ने मेरो सपना थियो। वेस्ट इन्डिजको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस गर्छु।’

प्रतिक्रिया